शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनागरिकलाई नागरिक बनाउन नागरिकता विधेयक : गृहमन्त्री

अनागरिकलाई नागरिक बनाउन नागरिकता विधेयक : गृहमन्त्री

मन्त्री खाणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको उल्लेख गरे।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले अनागरिकलाई नागरिकता दिन नागरिकता विधेयक ल्याउनु परेको बताएका छन्। सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसारनै सो विधेयक ल्याइएको दाबी समेत गरे। 

National life

गृहमन्त्री खाँणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको उल्लेख गरे। संवैधानिक व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नुपरेको उनको भनाइ छ। विधेयकमा महिलाको स्वाभिमानमाथि चोट पुर्‍याउने कुनै पनि प्रावधान नभएको उनको दाबी छ। 

'नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जीउनु परेका व्यक्तिले विश्वविद्यालयमा भर्ना पनि सहजतापूर्वक पाएनन्...,' उनले भने, 'नेपाली नागरिकता पाउने हक भएका तर नागरिकता नपाएकाहरुलाई नागरिकता दिन सकियोस् भन्नेमा सरकारको सार्थक प्रयत्न हो।'

मन्त्री खाणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको उल्लेख गरे। 

गृहमन्त्री खाणको भनाइ जस्ताको तस्तै
नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जीउनु परेका व्यक्तिले विश्वविद्यालयमा भर्ना पनि सहजतापूर्वक पाएनन्। लोक सेवा आयोग र सरकारी संस्थाहरुमा प्रतिस्पर्धाका लागि फर्म पनि भर्न पाएनन्। कुनै बैंकमा खाता खोल्न नागरिकता पनि पाएनन्। एटीएम पनि नपाउने भए। मोवाइलको सिमकार्ड पनि किन्न पाएनन्। सामाजिक सेवाका लागि संघ, संस्था दर्ता गर्नका लागि पनि नागरिकता चाहियो। अब आफनो क्षमता र सामर्थ्यअनुसार केही उद्योगधन्दा खोलौं, कृषि फर्महरु खोलौं भन्दा पनि नागरिकता छैन। सरकारले दिने अनुदानहरुको सदूपयोग गरौं त्यसका लागि पनि नागरिकता छैन। अब पढ्न वा रोजगारीका लागि विदेश जाऔं, पार्सपोर्टका लागि पनि नागरिकता छैन। त्यसकारणले यस्तो संख्या चाँही दिनानुदिन बढी राख्यो। नागरिकता नपाउनेको उमेर पनि बढयो। संख्या पनि बढदै गयो क्या। त्यसले उहाँहरुलाई नागरिकता दिउँ भन्ने नै सरकारको प्रयत्न हो। 

पूर्ववर्ती सरकारले पनि यी कुरालाई सम्बोधन गरेर विधेयक ल्याएका थियो। अध्यादेशमा पनि यो कुरा उल्लेख गरेको थियो। र, यो विषयका साथसाथै हामीले गैर आवासीय नेपाली नागरिक सार्कबाहेक, जो विश्वभर छरिएर रहेका छन्। उनीहरुले पनि नेपाली नागरिकताको निरन्तरता चाहे, एक पटक नागरिकता लिईसकेका नेपाली नागरिक, जसले परित्याग गर्‍यो, उसले फेरी गैर आवासीय नेपाली नागरिकता लिन चाह्यो भने, उनका बाबुआमा र बाजेबज्यै नेपाली नागरिक छन भने यी प्रमाणको आधारमा उनीहरुलाई गैर आवासीय नेपाली नागरिकता दिने। जसको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार हुन्छ। उनीहरुले नेपालमा उद्योगधन्दा खोल्न पाउँछन्। व्यापार, व्यवसाय गर्न पाउँछन्। आर्थिक गतिविधि गर्न पाउँछन्। तर राजनीतिक र प्रशासनिक अधिकार उहाँहरुलाई दिइएको छैन। त्यो चाँहि संविधानकै अहिलेको व्यवस्था हो। त्यो संविधानको व्यवस्थाका लागि हामीले विधेयकमा यो व्यवस्था ल्याएको हो। 

नागरिकता विधेयक अगाडि बढेको छ। जहाँसम्म महिला, आमा, दिदीबहिनीहरुको लागि हो। यो विधेयकले उहाँहरुलाई पनि सम्मान नै गरेको छ। यो स्वघोषणा राख्नुपर्ने अवस्था फेरी किन आयो भने अब बच्चा जन्मियो। कुनै कारणले बाबुको सार्वजनिक जानकारी दिन सकिएन। त्यस्ता विभिन्न घटना होला। बलात्कार मात्रै नभई अरु कारणले पनि त्यस्तो भएको होला। अहिले हाम्रो सोसाईटीमा धेरै ठूलो परिवर्तन आएको छ। 

विवाह नगरी लिभिङ टुगेदरको रुपमा सँगै पनि बस्छन्। अरु घटना पनि होला। जुन कुरा सार्वजनिक गर्न नचाहने होला। विदेशमा जानुभयो, आउँदा खेरी गर्भवती भएर आउनु भयो। अब कसको नाम भन्दिने। नेपालमा जन्मेपछि नेपाली नागरिकता त दिनुपर्‍यो। बच्चाको बाबुबारे आमाहरुलाई थाहा हुने हुनाले स्वघोषणा गर्न पाउने व्यवस्था गरिएको हो। तर, त्यो स्वघोषणा सार्वजनिक हुँदैन। सरकारी दस्तावेजमा त्यो उल्लेख गरिएको हुन्छ। त्यो दस्तावेजलाई गोपनीयतामा राखिन्छ। तर नागरिकताको प्रमाणपत्रमा आमाको नाम मात्रै उल्लेख गरिएको हुन्छ। त्यसैले महिलाको स्वाभिमानमाथि कुनै किसिमको आँच नआओस् भन्ने कुरामा सतर्कता र सजगता छ।

आमा त आमा नै भइहाल्नु भो, होइन। त्यो बच्चा पनि अनागरिक नबनोस् भन्ने नै राज्यको यो प्रयत्न हो। राष्ट्रिय दायित्व निर्वाह गर्न खोजेको हो। अव यो स्वघोषणाको बारेमा हामीले बुझाउन नसकेर पनि होला। त्यो गोप्य राखिएको हुन्छ। पछि नियमावलीमा आउँछ। त्यहाँ बुबाको नाम उहाँले चाहनु भयो भने खाली नै राख्न पाईन्छ। आमाहरुको स्वाभिमानमाथि चोट नआओस् भन्ने कुरामा सरकार गम्भीर छ। अर्को, बुबा पनि नभएको, आमा पनि नभएको कुरा छ। त्यसकारण साना बालबालिकाहरु, जसको बुबा, आमा दुवै थाहा भएन। कोही बालमन्दिरमा छन्। कोही बाल आश्रममा छन्। संरक्षण दिएकाहरूले नेपाली नागरिक हो भन्ने प्रमाण जुटाएर निवेदन दिएपछि सम्बन्धित वडाले सिफारिस ठिक छ भनेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन्छ। त्यसकारण यो नागरिकता प्राप्त भइसकेपछि अव सबैले आफ्नो राष्ट्रिय दायित्व पनि निर्वाह गर्नुहोला भन्नेनै लाग्छ हामीलाई।

प्रकाशित: Aug 22, 2022| 20:06 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।