मंगलबार, जेठ २६, २०८३

जुम्लामै छायांकन भएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा

जुम्लामै छायांकन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा भएको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

खलंगा- जुम्लामै छायांकन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा भएको छ। यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि स्थानीयवासीले गाउँमै बसेर पहिलो पटक चलचित्र हेरेका हुन्।

National life

झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखको महिनामा पातारासीको तिर्खु गाउँमा छायांकन गरिएको थियो। प्रिमियर शोका लागि चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदीले आइतबार जुम्ला पुगेर पत्रकार भेटघाट कार्यक्रम गरेका थिए। 

चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ। चलचित्र निर्माणमा झण्डै रु दुई करोड ५० लाख बजेट लगानी भएको छ। कथा लेखक सुवेदीले भने, 'चलचित्र, भारत, अमेरिका, जापान, अस्ट्रेलियालगायत दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदैछ।


 

Shivam cement

गीत, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको छ। हालसम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ। यो फिल्म घाटा नजानेमा ढुक्क छौँ।'साथै अस्ट्रेलियाबाट चलचित्र प्रदर्शनबाट उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ। 

पत्रकार भेटघाटमा नायक खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा भएको बताए। उनले भने, 'अक्सर चलचित्रको वल्र्ड प्रिमियर शो काठमाडौंका महँगा हलमा रेड कार्पेटका साथ गर्ने, सेलिब्रिटीका बीच गर्ने चलन छ। तर जुम्लाकै परिवेश समेटिएको फिल्म भएकाले प्रकाशको वल्र्ड प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौँ।'

जुम्लाको एक युवाले शिक्षक बन्न गरेको संघर्ष, हुँदा खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रबर्द्धनको विषयलाई चलचित्रले जोड दिएको लेखक सुवेदीले बताए। चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन्। दिनेश राउतको निर्देशन रहेको चलचित्रमा खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्। 


 

 


 



प्रकाशित: Aug 22, 2022| 19:03 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।