शनिबार, मंसिर ६, २०८२

खुल्ला टेबुल टेनिस प्रतियोगिता असोज ४ देखि

सोमबार एनआरटीको भवनमा आयोजीत पत्रकार सम्मेलनमा खेलकुदको विकासका साथै सहभागी देशबीचको सम्बन्ध सुदृढ बनाउने साथ अखिल नेपाल टेबुल टेनिस संघ तथा नेपाल भेट्रान्स टेबुल टेनिस संघको तत्वावधानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- अन्तराष्ट्रिय स्तरको खुल्ला टेबुल टेनिस प्रतियोगिता असोज ४ गतेदेखि सुरु हुने भएको  छ। काठमाडौं खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी)ले असोज ८ गतेसम्म लैनचोरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। 

National life

सोमबार एनआरटीको भवनमा आयोजीत पत्रकार सम्मेलनमा खेलकुदको विकासका साथै सहभागी देशबीचको सम्बन्ध सुदृढ बनाउने साथ अखिल नेपाल टेबुल टेनिस संघ तथा नेपाल भेट्रान्स टेबुल टेनिस संघको तत्वावधानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। 

वि.सं १९९१ सालमा स्थापना भएको काठमाडौं खेल मण्डल (केकेएम) देशकै जेठो क्लबमध्येको एक हो। केकेएम र एनआरटीले स्थापना कालदेखिनै नेपाली खेलकुदको विकासमा योगदान गर्दै आएका छन्। प्रतियोगितामा २ लाख ७० हजार नगद पुरस्कारको व्यवस्था छ। 

अन्तराष्ट्रिय टेबुल टेनिस फेडेरेसन तथा अखिल नेपाल टेबल टेनिस संघको नियमनमा खेलाइने प्रतियोगितामा छिमेकी सार्क मुलुकका खेलाडीले सहभागिताका जनाउने छन्। सम्पूर्ण एकल खेल लिग कम नकआउटको आधारमा हुनेछन् भने टिम इभेन्ट नकआउटको आधारमा खेलाइने छ। क्वार्टर फाइनलसम्मका खेल बेस्ट अफ फाइभ र त्यसपछिका खेल बेस्ट अफ सेभेनको आधारमा खेलाइने छ। प्रतियोगितामा ११ विधानमा स्पर्धा गराइनेछ।

यस्तो छ विधा र पुरस्कारको राशि

Laxmi sunrise bank
kumari

पुरुष एकल : प्रथम पुरस्कार नेरु ५०,०००, दोस्रो पुरस्कार २५,००० र तेस्रो दुई जना पुरस्कार १०,००० प्रत्येकलाई ट्रफी, मेडल र प्रमाणपत्र

महिला युगल : प्रथम पुरस्कार नेरु ५०,०००, दोस्रो पुरस्कार २५,००० र तेस्रो दुई जना पुरस्कार १०,००० प्रत्येकलाई ट्रफी, मेडल र प्रमाणपत्र

जुनियर पुरुष युगल : यू-१९- प्रथम पुरस्कार १०,००० , दोस्रो पुरस्कार ५०००  तेस्रो दुई जना पुरस्कार २,५००० प्रत्येकलाई ट्रफी, मेडल र प्रमाणपत्र

क्याडेड बोइज सिंगल यू-१५- प्रथम पुरस्कार १०,००० , दोस्रो पुरस्कार ५०००  तेस्रो दुई जना पुरस्कार २,५००० प्रत्येकलाई ट्रफी, मेडल र प्रमाणपत्र

क्याडेड गर्लस सिंगल यू-१५- प्रथम पुरस्कार १०,००० , दोस्रो पुरस्कार ५०००  तेस्रो दुई जना पुरस्कार २,५००० प्रत्येकलाई ट्रफी, मेडल र प्रमाणपत्र

मेन्स भेट्रान सिंगल- (६० वर्षदेखि माथि) पुरस्कार- ट्रफी, मेडल र प्रमाणपत्र

मेन्स भेट्रान सिंगल- (५० वर्षदेखि माथि) पुरस्कार- ट्रफी, मेडल र प्रमाणपत्र

मेन्स भेट्रान सिंगल- (४० वर्षदेखि माथि) : पुरस्कार- ट्रफी, मेडल र प्रमाणपत्र

वुमन्स भेट्रान सिंगल (४० वर्षदेखि माथि) : पुरस्कार- ट्रफी, मेडल र प्रमाणपत्र

मेन्स भेट्रान टिम- (४० वर्षदेखि माथि) : पुरस्कार- ट्रफी, मेडल र प्रमाणपत्र

प्रकाशित: Aug 22, 2022| 16:43 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।