शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परस्त्रीसँग कुरा गरेको झोंकमा पतिको हत्या, टाउको र जिउ छुट्याएर खोलामा फ्याँकिन्

परस्त्रीसँग कुरा गरेको झोंकमा पतिको हत्या, टाउको र जिउ छुट्याएर खोलामा फ्याँकिन्

शव फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा पत्नी कुमारीले पति ढोरपाटन मेला जान्छु भनेर हिँडेको बयान दिएकी थिइन्। उनी आफ्नो बयानमा अडिग थिइन्। प्रहरीले तुलबहादुरको कल डिटेल र सामाजिक सञ्जालको अनुसन्धान गर्न थाल्यो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- बागलुङको निसीखोला गाउँपालिकास्थित कानीखेरामा भदौ १ गते एक पुरुषको शव फेला पर्‍यो। शव घाँटी छिनालिएको अवस्थामा फेला परेको थियो। सुरुमा प्रहरीलाई शवको पहिचान नै गर्न गाह्रो भयो। तर, पछि हातमा रहेको ट्याटुका आधारमा पहिचान खुल्यो। मृत व्यक्ति निसीखोला गाउँपालिका-५ का तुलबहादुर विक रहेको पुष्टि भयो।

निसीखोला गाउँपालिका-५ का वडाध्यक्ष हर्कमान घर्ती मगरका अनुसार विक ससुराली गएको समयमा उनको हत्या भएको थियो। विकको ससुराली कानीखेरामा हो। सामान्य परिवारका विकको हत्या कसले र किन गर्‍यो भन्ने विषय प्रहरीका लागि टाउको दुखाइ बनेको थियो। 

प्रहरीले हत्याको अनुसन्धान सुरु गर्‍यो। शंकाको सुई विककी पत्नी २२ वर्षीया कुमारी कामीतिर मोडियो। अनुसन्धान गर्दै जाँदा पत्नी कुमारीले नै हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डीएसपी इन्द्र रानाले बताए। घटना हुँदा सँगै रहेकी कुमारीकी बहिनी १८ वर्षीया मनिषालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

अनुसन्धान गर्दा प्रहरीले हत्याको कारण सामान्य रहेको खुलेको बताएको छ। 'हत्याको कारण कुनै ठूलो रहेनछ। तुलबहादुर वैदेशिक रोजगारीमा जाने तयारीमा रहेछन्। उनीहरूबीच सामान्य विवाद हुँदा श्रीमतीले हत्या गरेको पाइयो,' डीएसपी रानाले भने।

यस्तो थियो घटनाको प्रकृति
प्रहरीका अनुसार विक सामान्य परिवारका हुन्। वडाध्यक्ष मगरका अनुसार तीन वर्षपहिले उनले कुमारीसँग लगनगाँठो कसेका थिए। साउन २४ गते काठमाडौंबाट वैदेशिक रोजगारीका लागि प्रक्रिया गरेर उनी घर फर्किएका थिए। 

घर फर्किएको भोलिपल्टै परिवारमा खटपट देखिएको थियो। तुलबहादुरले २५ गते गाउँमै साथीहरूसँग रक्सी खाए। उनीसँग २५० रुपैयाँमात्रै रहेछ। घर फर्किएर श्रीमतीको ५० रुपैयाँ र सालीको १५० रुपैयाँ पनि लगे। त्यसपछि फेरि उनी रक्सी खाएर ससुरालीमा फर्किए। 

त्यही रात उनीहरूबीच झगडा भएछ। तुलबहादुरले साथीहरूसँग भोलिपल्ट ढोरपाटन मेला जाने योजना बनाएका थिए। तर, त्यही रात उनको हत्या भयो। 

प्रहरीले शव फेला पारेपछि अनुसन्धानका क्रममा पत्नी कुमारीले पति ढोरपाटन मेला जान्छु भनेर हिँडेको बयान दिएकी थिइन्। उनी आफ्नो बयानमा अडिग थिइन्। प्रहरीले तुलबहादुरको कल डिटेल र सामाजिक सञ्जालको अनुसन्धान गर्न थाल्यो।

सो क्रममा प्रहरीले तुलबहादुरले केही महिलासँग कुरा गरेको पायो। घटना भएको रात तुलबहादुरले कुरा गरेकी महिला नुवाकोटमा थिइन्। त्यसपछि प्रहरीले सोही घरमा बसेकी साली मनिषामा अनुसन्धान केन्द्रित गर्‍यो। सुरुमा त मनिषाले पनि घटनाबारे अनविज्ञता प्रकट गरेकी थिइन्। शनिबार प्रहरीले मनिषालाई तीन घण्टा नियन्त्रणमा लिएर सोधपुछ गर्‍यो। र, सोही सोधपुछले नै घटनाको वास्तविकता बाहिर ल्यायो। जति लुकाउन खोजे पनि प्रहरीसामु मनिषाले कुरा लुकाउन सकिनन्। 

शव फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा पत्नी कुमारीले पति ढोरपाटन मेला जान्छु भनेर हिँडेको बयान दिएकी थिइन्। उनी आफ्नो बयानमा अडिग थिइन्। प्रहरीले तुलबहादुरको कल डिटेल र सामाजिक सञ्जालको अनुसन्धान गर्न थाल्यो।

शोधपुछका क्रममा मनिषाले दिएको बयान यस्तो थियो, ‘त्यसरात भिनाजु मातेर आउनुभयो र सानी छोरीलाई पिट्न थाल्नुभयो। उहाँलाई मैले माथिल्लो तलामा लगेर सुताएँ। तर, ११ बजे राति दिदी रगताम्य खुकुरी लिएर मेरो कोठामा आउनुभयो। उहाँलाई देखेर म आत्तिएँ।'

दिदीबहिनीलाई छुट्टाछुट्टै राखेर शोधपुछ गरेपछि मात्रै घटनाको रहस्य खुलेको थियो। हत्याको आशंकामा प्रहरीले विककी श्रीमती कुमारीलाई पनि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लगेको थियो। पतिको हत्यापछि घटना लुकाउन कुमारीले घरमा लतपतिएको रगत मेटाइन्। सबै प्रमाण लुकाउने कोसिस गरिन्। तर, बहिनीले पोल खोलेको उनलाई थाहै भएन।

मनिषाको बयानपछि प्रहरीले कुमारीबाटै थप प्रमाण जुटायो। हत्यामा प्रयोग भएको घन र खुकुरी पनि कुमारीले नै देखाइदिइन्। त्यसपछि प्रहरीले अनुसन्धान गर्दा पतिले परस्त्रीसँग कुरा गरेको झोंकमा हत्या गरेको स्वीकारिन्। पतिले आफूलाई पहिलेदेखि नै हेला गर्ने र अन्य युवतीको चर्चा गर्ने गरेको उनले प्रहरीलाई बताइन्। प्रहरीका अनुसार सधैँ बाह्य स्त्रीको चर्चा गर्दा आफूलाई सह्य नभएर हत्या गरेको उनले स्वीकारेकी छन्।

सुरुमा घनले हानेको र पछि चिर्पट प्रहार गरेको उनले बयान दिएकी छन्। हत्यापछि उनले पतिको टाउको छिनाएर डोकोमा लगेर खोलामा फालेको बयान दिएकी छन्। वडाध्यक्ष मगरका अनुसार उनीहरूको विवाह भएको ६ वर्ष भएको थियो। उनीहरूकी दुई वर्षीया छोरी छिन्। विदेश जाने तयारीमा रहेका विकको हत्या हुनुले उनीहरूबीच लामो समयदेखि घरझगडा हुने गरेको पाइएको मगरले बताए।

'विक बेला-बेला भारत जाने गर्थे। कमाएर परिवार पाल्दै आएका थिए। तर, ससुरालीमा गएको त्यो रात उनीहरूबीचको झगडाले उग्र रुप लिएछ र हत्या जस्तो अप्रिय घटना घट्यो,' मगर भन्छन्।

प्रहरीले दुवै दिदीबहिनीलाई पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Aug 22, 2022| 12:58 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।