मंगलबार, जेठ २६, २०८३

अबदेखि आईपीओ भर्दा ५ रुपैयाँ शुल्क

हाल सार्वजनिक निष्कासनमा अधिकतम १०० रुपैयाँसम्म शुल्क लिइँदै आएको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सी–आस्वा शुल्क रकम घटाउने भएको छ। आइतबार बसेको बोर्ड बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्ड अध्यक्ष रमेश हमालले बताए।

अब आईपीओलगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले जानकारी दिए। यो निर्णय चाँडै कार्यान्वयनमा लगिने उनको भनाइ छ।

बोर्डका अनुसार १ रुपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ। त्यस्तै, १ रुपैयाँ सीडीएस एन्ड क्लियरिङले प्राप्त गर्नेछ। हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिँदै आएका छन्। 

प्रकाशित: Aug 22, 2022| 12:15 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्