मंगलबार, जेठ २६, २०८३

राजपत्रमा समेटियो १०५ औद्योगिक ग्रामको सूची

सरकारले विभिन्न समय घोषणा भएका तर औद्योगिक व्यवसाय ऐनअन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशन गरेको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९
National life
Shivam cement

काठमाडौं– १०५ औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशन भएको छ। सरकारले विभिन्न समय घोषणा भएका तर औद्योगिक व्यवसाय ऐनअन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित गरेको हो। 

प्रकाशित औद्योगिक ग्राममध्ये मुगु राराको औद्योगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप प्रयोग र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सिर्जना गरेर अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित २०७५ को बजेटमा यस्तो घोषणा गरिएको थियो।

घोषित औद्योगिक ग्रामलाई तीन तहको सरकारले लगानी गर्ने मोडालिटीको आयोजनामा संघीय सरकारले बढीमा ३ करोड रुपैयाँसम्म अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ। हालसम्म १०४ स्थानीय तहले औद्योगिक ग्राम बनाउन रकम लगे पनि हालसम्म कुनै पनि औद्योगिक ग्राम बनेका छैनन्।

प्रकाशित: Aug 22, 2022| 12:00 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्