शुक्रबार, असोज ९, २०८३

आउँदो दसैंका लागि जोहो गरिँदै ३ हजार खसी–च्यांग्रा

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, च्यांग्रा खरिद गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– सरकारले यो वर्षको दसैंका लागि करिब साढे ६ करोड मूल्य खर्चिएर ३ हजार खसी र च्यांग्रा किन्ने भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, च्यांग्रा खरिद गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। 

‘आइतबार बसेको बैठकले रकम विनियोजनको निर्णय गरेको हो। सुपथ मूल्य बजार सञ्चालन गर्नेबारे पनि सामान्य कुरा भएको छ’, कम्पनीका एक अधिकारीले भने।

कम्पनीले कोभिड–१९ का कारण पछिल्लो तीन वर्षदेखि दसैंमा च्याँग्रा बिक्री गर्न सकेको थिएन। असोज लागेपछि पहिलेकै स्थानमा यस वर्ष पनि दसैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्नेबारे आइतबारको बैठकमा छलफल भए पनि निर्णय हुन सकेन। 

कम्पनीले सहुलियत पसलमा राख्ने सामानको सूची तयार पार्ने, सरकारी स्वमित्वका अन्य संस्थानले बिक्री गर्ने वस्तुलाई पनि सुपथ बजारमा ल्याउने र कुन वस्तुमा कति छुट दिने भन्नेबारे भने पछि निर्णय गरिने बताएको छ। यस वर्ष पनि हेटौंडा, दाङ र नेपालगञ्जबाट खसी र मुस्ताङबाट च्यांग्रा ल्याउने गरी कम्पनीले तयारी थालेको छ।

प्रकाशित: Aug 22, 2022| 11:44 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्