मंगलबार, जेठ २६, २०८३

अर्थ मन्त्रालयसँग आयोगले माग्यो करिब ११ अर्ब

आयोगले आउँदो ४ मंसिरका लागि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनमा खर्चिन उक्त रकम माग गरेको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्चिन अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट मागेको छ। आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट मागेको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए। यो बजेट मन्त्रालयबाट निकासा हुन बाँकी छ।

National life

सरकारले आउँदो ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ। घोषणासँगै आयोग निर्वाचनको तयारीमा जुटेको छ।

प्रवक्ता पौडेलका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा यसपालि अनुमानित ५ लाख बढी मतदाता थपिएका छन्। मतदाताको संख्या १ करोड ८२ लाख हुनसक्ने उनले बताए। यसको अन्तिम नामावली आयोगले पछि सार्वजनिक गर्नेछ।

यस्तै, करिब १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र बनाउने आयोगको तयारी छ। यो चुनावका लागि दुई लाख बढी जनशक्ति आवश्यक रहने प्रवक्ता पौडेलले बताए।

प्रकाशित: Aug 22, 2022| 10:58 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...