शनिबार, जेठ २, २०८३

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको ईआईए स्वीकृत

ईआईए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

National life

काठमाडौं- सालझण्डी-सन्धिखर्क-ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) स्वीकृत भएको छ। 

वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक आयोजनाको ईआईए स्वीकृत गरेका हुन‍्। मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवर्द्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरू पालना गर्नेगरी ईआईए स्वीकृत गरेका हुन्।

ईआईए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो। मन्त्री यादवले ईआईए स्वीकृत गरेसँगै उक्त सडक निर्माणमा सहज हुने बताइएको छ। साथै मन्त्री यादवले विभिन्न कारणले रोकिएका करिब एक दर्जनभन्दा बढी आयोजनाका ईआईए स्वीकृत गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 22, 2022| 10:43 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।