शुक्रबार, साउन १५, २०८३

बहुविवाह आरोपमा एक जना पक्राउ

बहुविवाहको मुद्दामा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिएका सिन्धुपाल्चोकका ४३ वर्षीय टिकादत्त दुलाललाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

सिन्धुपाल्चोक- बहुविवाहको मुद्दामा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिएका सिन्धुपाल्चोकका ४३ वर्षीय टिकादत्त दुलाललाई प्रहरीले पक्राउ गरेको छ। 

२० वर्षदेखि फरार रहेका मेलम्ची-११ का दुलाललाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

२०५९ सालमा जिल्ला अदालतबाट दुलाललाई एक महिना कैद सजाय र एक हजार नगद जरिवाना तोकिए पनि सजाय तोकिएलगत्तै उनी फरार रहेका थिए।

त्यसपछि जिल्ला अदालतबाट २०७३ जेठ १७ को फैसलाले बहुविवाह मुद्दामा उनलाई पुनः एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि उनीसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई जिल्ला अदालतमा दाखिला गरिएको छ। 

प्रकाशित: Aug 22, 2022| 08:50 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।