बिहीबार, असार ६, २०८१

प्रदीप गिरीः क्रान्तिका लागि हतियार जुटाउने अहिंसावादी नेता

प्रदीप गिरीसँग प्रवासमा रहँदा लामो संगत भयो। उहाँसँग झण्डै सात–आठ वर्ष सँगैै बसेँ। उहाँ नेपाली कांग्रेसका विचारकमध्ये पहिलो व्यक्ति हुनुहुन्थ्यो। वीपी कोइरालाले पनि पत्याएको विचारक हो उहाँ।
 |  सोमबार, भदौ ६, २०७९

नरबहादुर कार्की

नरबहादुर कार्की

सोमबार, भदौ ६, २०७९

प्रदीप गिरीसँग प्रवासमा रहँदा लामो संगत भयो। उहाँसँग झण्डै सात–आठ वर्ष सँगैै बसेँ। उहाँ नेपाली कांग्रेसका विचारकमध्ये पहिलो व्यक्ति हुनुहुन्थ्यो। वीपी कोइरालाले पनि पत्याएको विचारक हो उहाँ। वीपीले पत्याएको विचारक भएकाले उहाँलाई लखेट्ने, पछि धकेल्ने काम पनि भयो। तर पछि धकेल्नेहरुको प्रयासले उहाँलाई कुनै फरक पारेन। विशाल ज्ञान भएकाले उहाँलाई कसैले छुन सकेन। किनारा लगाउने कोसिस गरे तर किनारा नै लगाउन चाहिँ सकेनन्। 

triton college

पार्टीको सशस्त्र क्रान्तिका लागि हतियारको खोजीमा पनि लागियो। धेरै हतियार जम्मा गरेका थियौँ। गान्धीवादी विचारको मान्छे भए पनि उहाँ भारतका समाजवादी राममनोहर लोहियाको विचारबाट प्रभावित हुनुहुन्थ्यो। त्यही भएकाले उहाँ हतियारको खोजीमा लाग्नुभयो। भारतका समाजवादीहरु अहिंसावादी हुँदाहुँदै पनि मुलुकको लागि दुई–चार वटा पुल उडाउँदा, दुईचार मान्छे मर्दा अहिंसाभित्रै पर्छ भन्ने गर्थे। राममनोहर लोहिया, जयप्रकाशहरुले यसो भन्ने गरेका थिए। प्रदीप गिरी पनि त्यही सिद्धान्तबाट प्रभावित हुनुहुन्थ्यो। भारतमा समाजवादीहरुले यस्तो आन्दोलन गरेका थिए। पहिले नै हिंसात्मक आन्दोलन त हामीले कहिल्यै भनेको छौं र? हिंसा त परिआयो भने गर्ने हो। विचार त अहिंसात्मक हो नि। लोहिया, जयप्रकाशहरुको पनि यो सिद्धान्त थियो। हनुमान नगरमा जेल नै तोडेर भागेका हुन् भारतका समाजवादीहरु। जेल तोड्नु पनि हिंसाभित्र पर्थ्यो पर्न त।

प्रदीप गिरी

भारतका समाजवादीसँग प्रत्यक्ष भेटचाहिँ प्रदीपजीले मात्रै गर्नुभयो। हामीले प्रत्यक्ष भेट गर्न पाएनौं। हाम्रो युवाहरुको गु्रपमा भेट्ने प्रदीपजी नै हो। लोहियाले प्रदीपजीलाई प्रदीप भनेर सम्बोधन गरेका कैयौं चिठ्ठी पनि थिए। एउटा चिठ्ठीमा लोहियाले प्रदीप राजा त पशुपतिनाथको भीडसँग त डराउँछन् अनि आन्दोलनको भीडसँग त भाग्छन् भनेर ढाडस दिएर लेखेका छन्। यही चिठ्ठीका कारण उहाँ जेलमा पनि जानुभयो। २०२५ सालमा उहाँ यही कारणले जेल जानुभएको हो। 

Metro Mart
प्रदीपजीले धेरै कुरामा वीपी कोइरालासँग पनि तर्क र बहस गर्नुहुन्थ्यो। वीपी कोइराला विचार र साहित्यका हिसाबले प्रदीपजीभन्दा धेरै अग्रज नै हुनुहुन्थ्यो। उहाँ ठूलो नेता पनि हो। तर त्यो बेलामा वीपीभन्दा नयाँ पुस्ताको प्रदीपजी हुनुहुन्थ्यो। नयाँ नयाँ अध्ययन अनुसन्धान प्रदीपजीले गर्नुहुन्थ्यो। 

प्रदीपजी लोहियाको सिद्धान्तबाट बढी नै प्रभावित हुनुहुन्थ्यो। लोहियाले एउटा क्रान्तिबाट सम्भव हुँदैन, सातवटा क्रान्ति गर्नुपर्छ भन्नुहुन्थ्यो। उहाँको नारा नै सप्तक्रान्ति भन्ने थियो। उहाँले मार्क्सवादी सिद्धान्तलाई पनि अस्वीकार गर्नुभएको थियो। लोहियाले मार्क्स विचराले भारतलाई कसरी चिन्छन् भनेर भन्नुभएको थियो। भारतमा वर्ग होइन जात हुन्छ भनेर भनेर मार्क्सले भारतलाई नचिनेको बताएका थिए। मार्क्सवाद असफल सिद्धान्त हो भनेर लोहियाजीले भन्नुभएको थियो। प्रदीपजी लेनिनबाट चाहिँ केही प्रभावित हो। तर लेनिनपछिका रसियन कम्युनिष्टहरुसँग चाहिँ सन्तुष्ट हुनुभएन। उहाँ रोजा लग्जेम्बर लगायतलाई समाजवादी चिन्तकका रुपमा मान्नुहुन्थ्यो। 

प्रदीपजी त लोहियाको घरमा पनि बस्ने। एक किसिमले भन्ने हो भने उहाँकैमा हुर्केको हो। उहाँको पिताजी मित्रलाल गिरीसँग पनि असाध्यै राम्रो मित्रता थियो। उहाँले हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो। हामी बस्तीपुरमा बसेका बेलामा सुनाउँथे गाँउमा– प्रदीप ४–५ कक्षा पढ्दै गर्दा खाटमुनि लुकेर रामायण, महाभारत, गीता पढ्ने गर्नुहुन्थ्यो। प्रदीपजी भन्नुहुन्थ्यो– मलाई प्रभावित पार्नेमध्येको एउटा किताब रामायण हो। उहाँ पढैया मान्छे हो, विद्धान हो। नेपाली राजनीतिमा प्रदीपजी जत्तिको विद्धता भएको मान्छे कमै छन्। 

पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा। साथमा वरिष्ठ नेता रामचन्द्र पौडेल।

राजनीति बाहेकका घटनाहरु पनि छन्। एकपटक हामी दक्षिण भारतका मन्दिरहरु घुम्न निस्केका थियौं। अलिअलि कांग्रेस र वीपी कोइरालासँग पनि खटपट थियो। वीपी कोइरालासँगै रहने मान्छेहरुले प्रदीपजीलाई आक्रमण पनि गरेका थिए बनारसमा नै। त्यसपछि हामी दक्षिण भारत घुम्न निस्केका थियौँ। त्यो भ्रमणमा हामीले पहेलो कुर्था पहेलो सुरुवाल लगाएका थियौं। त्यो बेलामा कस्ता भरखरका साधु रहेछन् भनेर बम्बईबाट आएको एउटा टोलीले भेटी चढाएको थियो। हामी त्यो बेला तिरुपती वालाजीको दर्शन गर्न गएका थियौ। तिरुपती वालाजीको दर्शन गर्न प्रवेश शुल्क ४ सय रुपैयाँ रहेछ। त्यो पैसा हामीसँग थिएन। कन्याकुमारी जानका लागि रेलको टिकट लिइसकेका थियौं। बेलुका नै फर्कनुपर्ने थियो। टिकट काटेर जानलाई त दुई दिनसम्म पनि पालो आउँदैनथ्यो। त्यही भएकाले टिकट नकाटिकन भित्र जाने भन्ने सल्लाह भयो। दुवै अलग अलग आ–आफ्नै बुद्धि लगाएर भित्र जाने भनेर सल्लाह गर्यौं। बम्बईको १५–१६ जनाको एउटा टोली रहेछ। तिनीहरु सवैको टिकट थियो। त्यही ग्रुपमा ठेलमठेल गरेर भित्र गइयो। 

प्रदीपजीले धेरै कुरामा वीपी कोइरालासँग पनि तर्क र बहस गर्नुहुन्थ्यो। वीपी कोइराला विचार र साहित्यका हिसाबले प्रदीपजीभन्दा धेरै अग्रज नै हुनुहुन्थ्यो। उहाँ ठूलो नेता पनि हो। तर त्यो बेलामा वीपीभन्दा नयाँ पुस्ताको प्रदीपजी हुनुहुन्थ्यो। नयाँ नयाँ अध्ययन अनुसन्धान प्रदीपजीले गर्नुहुन्थ्यो। अहिले हामी भन्दा हाम्रा छोराछारी टेक्नोलोजीमा अगाडि भए झैं। मार्क्सवादको अध्ययन वीपीको भन्दा पनि बढी प्रदीपजीले पढ्नुभएको थियो भन्ने लाग्छ मलाई। धेरै विषयमा उहाँहरुको बीचमा बहस हुन्थ्यो। प्रदीपजीलाई वीपीले किताबको किरो हौ तिमी भन्नुहुन्थ्यो। तिमी किताबका कुरा धेरै गर्छौ भन्नुहुन्थ्यो। वीपी किताबका कुरा मात्र गरेर हुँदैन, व्यावहारिक कुरा पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अनि प्रदीपजी चाहिँ व्यावहारिक हुन पनि एउटा सिद्धान्त र सही बाटो चाहिन्छ भनेर तर्क गर्नुहुन्थ्यो।

गिरीको अन्तिम संस्कार गरिँदै।

कोइराला परिवारसँग प्रदीपजीलाई टाढा बनाइयो। वीपीलाई कुरा लाउनेहरुले गर्दा प्रदीपजीलाई कोइराला परिवारसँग टाढा बनाइएको हो। आफ्नो खर्च जोहोका लागि टाउको कन्याउँदै वीपीकोमा जानेहरुले प्रदीपजीलाई वीपीबाट टाढा बनाए। प्रदीपजीलाई तिनै समूहमा रहेका मान्छेहरुले एक पटक आक्रमण नै गरे। हामी सुशील कोइरालाका भाइ डा. अरुण कोइरालाको घरमा बसेका थियौ। १५–२० जना आएर राति आक्रमण नै गरे। किन आक्रमण गरे भनेर बुझ्दै जाँदा त प्रदीपजीले दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा एउटा प्रवचन कार्यक्रममा सहभागी भएर भाषण गर्नुभएको रहेछ। त्यो कार्यक्रममा ऋषिकेश शाह, भुवनलाल प्रधान लगायतका सहभागी रहेछन्। त्यो कार्यक्रममा प्रदीपजीले नेपालमा क्रान्तिका लागि वातावरण एकदमै सकारात्मक बनेको छ। तर नेतृत्व भएन भन्नुभएछ। त्यही रिसमा प्रदीपजीमाथि आक्रमण भएको हो। आक्रमणपछि एक वर्षसम्म मुद्दा चल्यो। भारतका समाजवादी युवाहरुले वीपी कोइरालालाई सिकायत गरे। जर्ज फर्नान्डिजका चेलाहरु उग्र थिए। वीपीलाई पनि अपमान हुने गरी बोलेछन्। समाजवादी नेताहरुले पनि वीपीलाई सिकायत गरे। डा. अरुण पार्टीको पनि डाक्टर थिए। बीएचयूमा प्राक्टिस पनि गर्दै हुनुहुन्थ्यो। राति साथी बिरामी भए, औषधी चाहियो भनेर ढोका खोल्न लगाएर आक्रमण गरेछन्। प्रदीपजीलाई टाउकोमा चोट पनि लाग्यो। प्रदीपजीले टाउकोबाट आएको रगत पुछ्दै यही रगत लिन आएका हौ? भन्दै उनीहरुको अनुहारमा दलिदिनुभयो। यसरी विरोध गर्दा कहिलेकाहीँ यस्ता घटना भइरहन्थे। 

एकपटक उहाँ र म मद्रासमा थियौं। त्यो बेला २०३१ सालमा टिम्बुरबोटे काण्ड भयो। हामीले हिन्दुस्तान टाइम्स पढेर सो घटनाका बारेमा जानकारी पाएको हो। त्यहाँ कांग्रेसका धेरै साथीहरुले सहादत प्राप्त गरेका थिए। राम, लक्ष्मण लगायतका साथीहरुले सहादत प्राप्त गर्नुभयो। हामीले त्यो घटनाको जानकारी पाउनेबित्तिकै अब खत्तम भयो भनेर अपशोच भयो। यो घटनाका बारेमा कुनै जानकारी थिएन। अलिअलि आक्रमण हुन थालेपछि हामी दक्षिण भारततर्फ निस्केका थियौ। टिम्बुरबोटे काण्ड हुनुभन्दा एक महिना अगाडि नै हामी दक्षिण भारतका विभिन्न मन्दिर घुम्न निस्केका हौ। दक्षिण भारतबाट फर्केपछि प्रदीपजी दिल्लीमा जेएनयूमा पढ्न थाल्नुभयो। टिम्बुरबोटे काण्डपछि पार्टीमा पनि अलिअलि समस्या भएको थियो। केही नेताहरु दिल्ली बस्न थालेका थिए। वीपी बनारसमा हुनुहुन्थ्यो। पछि मेलमिलापको नीति लिएर वीपी नेपाल फर्कने भएपछि सवै फेरि मिलेको हो। हामी पनि २०३६ सालको जनमत संग्रहका बेलामा आममाफी पाएर फर्कियौं।

प्रकाशित: Aug 22, 2022| 07:44 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...