सोमबार, चैत २, २०८२

देशभर कोरोना संक्रमण दर १७ प्रतिशत, ५ जना संक्रमित भेन्टिलेटरमा

देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो। 

National life

एक हजार आठ सय १६ जनाको पीसीआर र एक हजार छ सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा चार हजार तीन सय ४३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। यही अवधिमा चार सय ७९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 

योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ७८ हजार नौ सय एक पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ४८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९२ पुगेको छ। हाल होम आइसोलेशनमा चार हजार एक सय ५५, संस्थागत आइसोलेसनमा एक सय ९३, आईसीयूमा ५१ र भेन्टिलेटरमा पाँच सङ्क्रमित छन्। 

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर छन्। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुग र रुकुम पश्चिम छन्। काठमाडौँमा दुई हजार ९१, ललितपुरमा सात सय २५ र भक्तपुरमा ६१ सक्रिय सङक्रमित  छन्। कूल सङ्क्रमण दर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 21, 2022| 21:55 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्