मंगलबार, जेठ २६, २०८३

३० ब्रान्ड र हजार मोडलका साथ जुत्ताचप्पल मेला सुरु

मेलामा तीसभन्दा धेरै ब्रान्डका करिब हजार मोडलका जुत्ताचप्पल राखिएका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयाजनामा जुत्ता चप्पलको पाचौं दशैँ व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। मेलामा तीसभन्दा धेरै ब्रान्डका करिब हजार मोडलका जुत्ताचप्पल राखिएका छन्। 

National life

उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी सुरु गरिएको आयोजकले जनाएको छ। 

जुत्ताचप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेन्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताए। उनले मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको जानकारी दिए। 

उनले मेलामा ग्राहकहरुले चुत्ता चप्पल किन्न आउँदा सस्तो र गुणस्तरीय भारी छुटका साथ पाउनसक्ने बताए। मेलामा सबै महिला, बालबालिका, पुरुष, कार्यालय प्रयोजनको लागि समेत उपयुक्त जुत्ताचप्पल राखिएका छन्। बञ्जाडेले पछिल्लो समय नेपाली जुत्ताचप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको बताए। 

मेला उद्घाटन प्रश्चात कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले विदेशी ब्राण्ड भन्ने बित्तिकै जुत्ता र कपडा किन्ने तर नेपाली ब्राण्ड भनेपछि ओठ खुम्च्याउने सोच नेपालीहरुले परिर्वतन गर्नु जरुरी रहेको बताए। उनले नेपाली जुत्तामा विदेशी ब्राण्ड नभएर नेपाली नै लेख्नुपर्ने अहिलेको आवश्यकता भएको बताए। मन्त्री श्रेष्ठले नेपाली ब्राण्ड लेख्नको लागि बागमती सरकार सहयोगको लागि तयार रहेको बताए। 

Shivam cement

कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयार वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाएर नेपालमा धेरै उद्योग आउने बताए।

मेलामा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउनेछन्। 

प्रकाशित: Aug 21, 2022| 21:33 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्