शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १४ वटा वाणिज्य बैंक लगानी गर्न नसक्ने अवस्थामा, कुनको अवस्था कस्तो?

१४ वटा वाणिज्य बैंक लगानी गर्न नसक्ने अवस्थामा, कुनको अवस्था कस्तो?

अघिल्लो आर्थिक वर्षको करिब ९ महिना तरलता अभाव झेलेका बैंकहरुले चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै तरलता अभावको समस्या झेलिरहेका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं– वाणिज्य बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा देखिएका छन्। अघिल्लो आर्थिक वर्षको करिब ९ महिना तरलता अभाव झेलेका बैंकहरुले चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै तरलता अभावको समस्या झेलिरहेका छन्। 

नेपाल बैंकर्स संघका अनुसार १४ वटा वाणिज्य बैंक थप लगानी गर्न नसक्ने अवस्थामा रहेका छन् भने ३ वटा वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि माथि गइसकेको छ। 

राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि ९० प्रतिशत सीडी रेसियो तोकेको छ। बैंकर्स संघका अनुसार सेञ्चुरी कमर्सियल बैंक, नबिल बैंक र नेपाल बैंक लिमिटेडको सीडी रेसियो तोकिएको सीमाभन्दा माथि पुगेको छ। ती बैंकको सीडी रेसियो क्रमशः ९१.६३, ९०.९२ र ९०.७२ प्रतिशत रहेको छ। थप लगानी गर्न नसक्ने अवस्थामा रहेका बैंकहरुमा कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल, हिमालयन बैंक, कुमारी बैंक, मेगा, एनसीसी, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ र सनराइज बैंक हुन्।

सबैभन्दा सहज अवस्थामा भने प्रभु बैंक रहेको छ। सो बैंकको सीडी रेसियो ८२.८८ प्रतिशत रहेको छ। यसको मतलब प्रभु बैंकसँग भने पर्याप्त तरलता छ। पर्याप्त तरलता रहेका अन्य बैंकमा सिटिजन्स, सिभिल, एभरेष्ट, लक्ष्मी, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेण्ट, एनआइसी एशिया, एनएमबि, एसबिआई, सानिमा र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। 

कुन बैंकको अवस्था कस्तो ?


प्रकाशित: Aug 21, 2022| 18:05 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्