आइतबार, असोज १८, २०८३

'प्रकाश'ले पायो 'यु सर्टिफिकेट'

यही भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्मको सेन्सर गर्ने ‘केन्द्रीय चलचित्र जाँच समिति’ले फिल्मलाई युनिभर्सल अर्थात् यु सर्टिफिकेट दिएको हो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं– यही भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्मको सेन्सर गर्ने ‘केन्द्रीय चलचित्र जाँच समिति’ले फिल्मलाई युनिभर्सल अर्थात् यु सर्टिफिकेट दिएको हो। 

फिल्मले युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यसलाई सबैले हेर्न पाउनेछन्। दिनेश राउतको निर्देशनमा बनेको प्रकाशमा कर्णालीमा शिक्षक बन्नका लागि संघर्ष गरेको एक युवकको कथा देखाइएको छ।

फिल्ममा प्रदीप खड्काको मुख्य भूमिका छ। दिया मास्के, रेनु योगी, राजन खतिवडा, प्रकाश घिमिरेलगायत कलाकारहरको पनि अभिनय रहेको छ। फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। विकास सुवेदीको कथामा आधारित रहेको फिल्म बिनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो।

प्रकाशित: Aug 21, 2022| 17:30 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।