शुक्रबार, असोज ९, २०८३

हुन्डाई नेपालद्वारा रातोमाटे डाँडामा वृक्षारोपण

हुन्डाई नेपालले चुनीखेलस्थित रातोमाटे डाँडामा वृक्षारोपण गरेको छ। सकारात्मक परिवर्तन अभियान अन्तर्गत रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको कम्पनीले जनाएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- हुन्डाई नेपालले चुनीखेलस्थित रातोमाटे डाँडामा वृक्षारोपण गरेको छ। सकारात्मक परिवर्तन अभियान अन्तर्गत रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको कम्पनीले जनाएको छ।

वृक्षारोपण कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको थियो। सो क्रममा कोना र आयोजिन ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बूढानीलकण्ठसम्म पुगेका थिए। पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य-बद्धता गर्ने पहल स्वरूप यो अभियान सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षारोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा कम्पनीले राखेको छ।

प्रकाशित: Aug 21, 2022| 17:14 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्