शुक्रबार, असोज ९, २०८३

वाणिज्य बैंकबाट एक महिनामै बाहिरियो १०८ अर्ब

बजारमा तरलता अभाव थप चर्किंदै गएको छ। गएको साउनमा मात्र वाणिज्य बैंकहरुबाट १ खर्ब ८ अर्ब रुपैयाँ तरलता बाहिर गएको छ। यसले थप तरलता अभाव चुलिएको पुष्टि गरेको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं– बजारमा तरलता अभाव थप चर्किंदै गएको छ। गएको साउनमा मात्र वाणिज्य बैंकहरुबाट १ खर्ब ८ अर्ब रुपैयाँ तरलता बाहिर गएको छ। यसले थप तरलता अभाव चुलिएको पुष्टि गरेको छ। 

असार अन्तिममा वाणिज्य बैंकहरुसँग ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन अन्तिम साता ४४ खर्ब ३३ अर्ब रुपैयाँमा आइपुगेको नेपाल बैंकर्स संघले जनाएको छ। संघका अनुसार सो अवधिमा कर्जा प्रवाह भने जम्मा २ अर्ब रुपैयाँले मात्र बढेको छ। 

संघका अनुसार गत असार अन्तिममा वाणिज्य बैंकहरुको कर्जा ४१ खर्ब ७५ अर्ब रहेकोमा साउन अन्तिममा सो कर्जा जम्मा २ अर्बले मात्र वृद्धि भएर ४१ खर्ब ७७ अर्ब पुगेको थियो। 


प्रकाशित: Aug 21, 2022| 17:08 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्