शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने प्रक्षेपण

४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने प्रक्षेपण

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पनि खाद्यान्न र ऊर्जाको बढ्दो मूल्यवृद्धिले युक्रेन युद्धको पहिलो तीन महिनामा विश्वभरका सात करोड १० लाख सर्वसाधारण गरिबीमा फसेका बताएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

जर्मनी- मार्टिन कोफलाई आफ्नो पारिवारिक कम्पनी जिङ्कपावर जिएमबिएच सञ्चालन गर्न प्राकृतिक ग्यास नभई हुँदैन। उनको स्टिल कारखानाका निम्ति प्राकृतिक ग्यास अपरिहार्य वस्तु हो जसले उनका स्टिलका उत्पादनलाई खिया लाग्न दिँदैन। 

National life

बोन बाहिर अवस्थित जिङ्कपावर कारखानालाई हरेक दिन २५ लाख युरो बराबरको छ हजार टन जस्तालाई तरल अवस्थामा राख्न प्राकृतिक ग्यास चाहिन्छ। मोटरकारका पार्टपुर्जा, सौर्य प्यानल, भवनमा चाहिने धातुका सामान, वायुबाट ऊर्जा उत्पादन गर्न प्रयोग हुने टर्बाइनको धातुलाई आवश्यकताअनुसार तोडमोड गरी लचिलो तुल्याउन प्राकृतिक ग्यास नभई हुँदैन।

रूसले युक्रेनमा आक्रमण गरेको एक वर्ष भइसकेको छ तर त्यसको घातक परिणाम विश्व अर्थतन्त्रमा परेको छ। युक्रेन आक्रमणको छ महिनापछि नै दुई हजार आठ सयभन्दा बढीलाई रोजगारी दिने जिङ्कपावरजस्ता कम्पनीलाई कच्चा पदार्थको प्राप्ति अति चुनौतीपूर्ण बनेको छ। प्राकृतिक ग्यास अधिक महँगोमात्र भएको छैन युद्धको विभिषिकाले विश्वअर्थ व्यवस्थालाई नै तहसनहस तुल्याउने जोखिम बढेको छ। रूसले आफूमाथि लादिएको पश्चिमा राष्ट्रहरूको प्रतिबन्धको बदला लिन युरोपेली देशमा आपूर्ति बन्द गरेमा मार्टिन कोफजस्ता सयौँ लगानीकर्ताको पूँजी डुब्नेछ। युरोपको कठ्याङ्ग्रिने शिशिर याममा पर्याप्त इन्धन आपूर्ति भएन वा भण्डारणको व्यवस्था भएन भने परिस्थिति अझ भयावह हुने निश्चित छ। 

वर्तमान परिस्थितिलाई विश्लेषण गरेर जर्मनी सरकारले प्राकृतिक ग्यास वितरणमा कडाइ गरेमा वा कोटा निर्धारण गरेमा स्टिल उत्पादन कारखाना, औषधि उत्पादक कम्पनीदेखि व्यावसायिक रूपमा कपडा धुने उद्योगहरू अपाङ्ग हुनसक्छन्। जस्तापाता निर्माता कम्पनीहरूको सङ्गठनका अध्यक्षसमेत रहेका मार्टिन ग्यासको आपूर्ति रोकिएमा उनका सबै उपकरण नष्ट हुनेछन्। 

कोरोना भाइरसको महामारीले विश्वव्यापी व्यापारलाई ध्वस्तप्रायः पारेको दुई वर्षपछि विश्वभरका सरकार, व्यवसाय र परिवारले युद्धले निम्त्याएको आर्थिक प्रभावको लेखाजोखा गर्ननसकिने स्थिति छ। बजार भाउले आकाश छोएको छ। आर्थिक मन्दीको निकटमा रहेका युरोपेली देशलाई बढ्दो ऊर्जा लागतले आगामी शिशिरमा चिसो र अँध्यारोमा जीवन बिताउनुपर्ने चिन्ताले सताएको छ। खाद्यान्नको उच्च मूल्य र अभाव, युक्रेन र रूसबाट भएको मल र खाद्यान्न ढुवानीको कटौतीले विकासोन्मुख देशहरूमा व्यापक भोकमरी र अशान्ति सृजना गर्ने चिन्ता पनि उत्तिकै बढाएको छ। 

युगाण्डाको राजधानी कम्पाला बाहिर किराना पसल सञ्चालन गर्दै आएकी राहेल गामिशालाई आफ्नो देशभन्दा धेरै टाढा युक्रेनमा रूसले गरेको आक्रमणले साना व्यापार व्यवसायमा चोट पुगेको लाग्छ। पेट्रोलजस्ता अत्यावश्यक वस्तुको मूल्य रूस–युक्रेन युद्धले बढाएको उनको ठम्याइ छ। केही दिनअघि सात डलरमा बेचबिखन भएको एक ग्यालन पेट्रोलको मोल १७ डलर पुगेको र आगामी साता सोही परिमाणको इन्धनलाई २५ डलर पुग्ने सम्भावना छ। उनल नयाँ कुरा पनि पत्ता लगाएकी छन्। कुनै वस्तुको मूल्य वृद्धि नभए पनि त्यसको तौलमा हुने सङ्कुचन। एक हजार ग्रामको रोटी आठ सय पचास ग्राममा घट्दा पनि उही मूल्य तिर्नु परेको छ। 

रूस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले एक वर्षभन्दा कम अवधिकमा चौथो पटक विश्वव्यापी अर्थतन्त्रप्रतिको  आफ्नो दृष्टिकोण र प्रक्षेपण घटाउनु पर्यो भने ऋण उपलव्ध गराउने यो विश्व वित्तीय संस्थाले यो वर्ष तीन दशमलब दुई प्रतिशत वृद्धिको अपेक्षा गरेको छ। यो सन् २०२१ को जुलाईमा अनुमान गरिएको चार दशमलब नौ प्रतिशत र गत वर्षको छ दशमलब एक प्रतिशतभन्दा कम हो। 

कोरोना महामारीले मन्दीमा धकेलेको विश्व अर्थतन्त्रलाई दुई वर्ष  फेरि चाँडै अर्को विश्वव्यापी मन्दीमा धकेल्न सक्ने चेतावनी  कोषका प्रमुख अर्थशास्त्री पियरे ओलिभिएर गौरिञ्चसले दिएका छन्।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पनि खाद्यान्न र ऊर्जाको बढ्दो मूल्यवृद्धिले युक्रेन युद्धको पहिलो तीन महिनामा विश्वभरका सात करोड १० लाख सर्वसाधारण गरिबीमा फसेका बताएको छ। यसबाट बाल्कन र सब सहारा अफ्रिकी देश सबैभन्दा बढी प्रभावित भएका छन्। यो वर्ष ४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्नसक्ने प्रक्षेपण राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले गरेको छ। 

प्रकाशित: Aug 21, 2022| 17:06 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।