बुधबार, फागुन २०, २०८२

क्युबामा पनि भेटिए मंकीपक्सका बिरामी

देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मंकीपक्सको संक्रमण पुष्टि भएको शनिबार जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

kumari

हवाना- क्युबामा पनि मंकीपक्सका बिरामी फेला परेका छन्। देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मंकीपक्सको संक्रमण पुष्टि भएको शनिबार जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए। गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ।

बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए।   -सिन्ह्वा

प्रकाशित: Aug 21, 2022| 13:43 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।