काठमाडौं- झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। जबरजस्ती करणी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा जिल्ला घर भई कन्काई नगरपालिका-४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारी रहेका छन्। उनलाई शनिबार दिउँसो पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ।
सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।