शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सानेपा पुगेर प्रचण्डले दिए गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली

सानेपा पुगेर प्रचण्डले दिए गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्षकमल दहाल (प्रचण्ड)ले कांग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्षकमल दहाल (प्रचण्ड)ले कांग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

National life

गिरीको पार्थिव शरीरलाई मेडिसिटी हस्पिटलबाट बिहान ११:३० मा सानेपास्थित पार्टी कार्यालयमा ल्याइएको छ। प्रचण्डले सानेपा पुगेर श्रद्धाञ्ली अर्पण गरेका हुन्। 

क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९:३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। 

प्रकाशित: Aug 21, 2022| 13:22 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।