बिहीबार, असार ३२, २०८३

आइएमई र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच गत सोमबार स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउने आइएमईले जनाएको छ। 

त्यस्तै आइएमईमा कार्यरत कर्मचारी र आइएमईका नीजि व्यवसायिक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने जनाइएको छ।
यो सुविधाका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचयपत्र वा आइएमईमा आवद्व भएको प्रमाण पत्रअस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ।

सम्झौतापत्रमाआइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधिप्रमुखमाधव कटुवाल र सुमेरु अस्पतालको तर्फबाट निर्देशकदीलिपडंगोलले हस्ताक्षर गरेका छन् । यो सम्झौता ५ वर्षसम्मकालागि लागु हुनेछ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधाप्रदानगर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालनगर्दै आइएको आइएमई ग्रुपकाप्रमुखजनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्