शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • योजना बनाएर काम गर्न राष्ट्रिय खेलकुद सुरक्षा समितिलाई सदस्यसचिवको आग्रह

योजना बनाएर काम गर्न राष्ट्रिय खेलकुद सुरक्षा समितिलाई सदस्यसचिवको आग्रह

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरुसँग जानकारी लिएका हुन्। सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रबन्ध बारे जानकारी गराए।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सुरक्षा  समिति पदाधिकरीहरुसँग जानकारी लिएका हुन्। सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रबन्ध बारे जानकारी गराए।

National life

गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी जोशीको संयोजकत्वमा बिभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, महानगर प्रहरी प्रमुख समेत सदस्य रहने गरी उपसमिति गठन भएको छ।

सुरक्षा उपसमितिलाई खेल स्थल, खेलाडी, खेलाडी आवास क्षेत्र, अतिथि लगायतको सुरक्षाका लागि योजना बनाएर काम गर्न सदस्य–सचिव घिसिङले आग्रह गरे।

छलफलमा कार्यकारी समितिका सदस्य–सचिव फणिन्द्र पौड्याल, गण्डकी प्रदेश खेलकुदका सदस्य–सचिव तेजबहादुर गुरुङ, खेलकुद विकास बिभाग प्रमुख प्रेमबहादुर मल्ल, सुरक्षा उपसमिति सचिव लक्ष्मण योगीलगायतको सहभागिता थियो।

प्रकाशित: Aug 20, 2022| 21:11 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।