सोमबार, चैत २, २०८२

५३ कोरोना संक्रमित आईसीयूमा, ४ जना भेन्टिलेटरमा

होम आइसोलेसनमा चार हजार चार सय १६, संस्थागत आइसोलेशनमा दुई सय नौ, सघन उपचार कक्ष (आईसीयू)मा ५३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- देशभर शनिबार १९९ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार तीन सय ३७ परीक्षण गरिएको थियो। 

National life

योसँगै हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार छ सय २५ पुगेको छ। आज पाँच सय ७७ जना सङ्क्रमणमुक्त भएका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ। हालसम्म ११ हजार नौ सय ९२ जनाको सङ्क्रमणबाट निधन भएको छ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन्। सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, मुगु, डोल्पा र हुम्ला रहेका छन्।

होम आइसोलेसनमा चार हजार चार सय १६, संस्थागत आइसोलेशनमा दुई सय नौ, सघन उपचार कक्ष (आईसीयू)मा ५३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा १८ हजार छ सय ७० ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Aug 20, 2022| 20:31 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्