सोमबार, चैत २, २०८२

शनिबार थपिए २९९ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार ४,३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो। १,६७० पीसीआर परीक्षणमा १८० र २,६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५७७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४,६२५ रहेको मन्त्रालयले बताएको छ।

प्रकाशित: Aug 20, 2022| 16:26 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्