शुक्रबार, असोज ९, २०८३

पाकिस्तान व्यापारमा नेपाललाई ५० करोडको नोक्सानी

नेपालले पाकिस्तानबाट गत आव २०७८/७९ मा ६० करोड ४ लाख ४४ हजार रुपैयाँको आयात गरेको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– नेपाल–पाकिस्तानबीचको वैदेशिक व्यापारमा नेपालले गत वर्ष ४८ करोड ६९ लाख रुपैयाँको घाटा बेहोरेको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाकिस्तानसँग नेपालले करिब ५० करोड रुपैयाँको घाटा बेहोरेको हो।

नेपालले पाकिस्तानबाट गत आव २०७८/७९ मा ६० करोड ४ लाख ४४ हजार रुपैयाँको आयात गरेको छ। सोही अवधिमा नेपालबाट पाकिस्तानतर्फ ११ करोड ३४ लाख ८१ हजार रुपैयाँको निर्यात भएको विभागले जनाएको छ। 

पाकिस्तानबाट नेपालतर्फ खजुर, जडीबुटी, फर्मास्युटिकल्स, वीरेनुनलगायत वस्तु आयात हुने गरेको छ। यस्तै, नेपालबाट अलैंची, जडीबुटी, फर्मास्युटिकल्स, खयरलगायत निर्यात हुने गरेको विभागले बताएको छ।

प्रकाशित: Aug 20, 2022| 15:43 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्