शुक्रबार, साउन १५, २०८३

लागूऔषधसहित सिरहाबाट युवक पक्राउ

सिरहामा ठूलो मात्रामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

सिरहा- सिरहामा ठूलो मात्रामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नम्बर १९ कटहामा स.५ प.७७५५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा लक्ष्मिपुरपतारी गाँउपालिका वडा नं.६ बस्ने बर्ष ३२ को निरन्जन यादवलाई लागूऔषधसहित पक्राउ गरेको हो। 

उनको साथबाट  फेनरागन,  डाईजिपाम र  ब्युप्रिनोर्फिन लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। 

यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 20, 2022| 13:21 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।