शनिबार, जेठ २, २०८३

खोलामा डुबेर बर्दियामा दुई बालकको मृत्यु

बर्दियामा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- बर्दियामा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ।

National life

शुक्रबार अपराह्न नुहाउन खोलामा पसेका दुई जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए।

ज्यान गुमाउनेमा बढैयाताल गाउँपालिका-४ स्थित मान खोलामा नुहाउन गएका १२ वर्षीय आयुष तिरूवा र १३ वर्षीय गौरव भुजेल रहेका छन्।

अपराह्न ४ बजेतिर खोलामा नुहाउन पसेका दुई बालक डुबेको भन्ने खबर पाएपछि प्रहरीले खोजी गरेको थियो। खोज्दा उनीहरूको शव फेला परेको हो। 

प्रकाशित: Aug 20, 2022| 13:07 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।