मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निगमले स्वचालित प्रणालीअनुसार मूल्य घटाउनैपर्छ : नेता सिंह

निगमले स्वचालित प्रणालीअनुसार मूल्य घटाउनैपर्छ : नेता सिंह

स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्नेमा नेता सिंहको जोड।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक भएको बताएका छन्। महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहे मूल्यवृद्धि नियन्त्रण गर्न सक्ने उनको भनाइ छ।

National life

शनिबार काठमाडौं महानगरपालिका वडा–१० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए।

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक सिस्टम छँदै छ, उपभोक्तालाई मारमा पार्नुभएन। सरकारले अलिकति पहल गर्नुपर्‍यो।’

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दासमेत नेपाल आयल निगमले मूल्य घटाएको छैन। सोही कारण सरकारको आलोचना भइरहेको छ।

बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको जानकारी दिए।

Shivam cement

प्रकाशित: Aug 20, 2022| 11:36 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्