शुक्रबार, असोज ९, २०८३

ललितपुर महानगरमा स्थापना भयो एल्गी रियाक्टर

यो मेसिनले मासिक १ हजार ५ सय लिटर अक्सिजन उत्पादन गर्नेछ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ स्थापना भएको छ।

बायो टेक्नोलोजीका संस्थापक मेकानिकल इन्जिनियर गुन्जन घिमिरेका अनुसार यो मेसिनले मासिक १ हजार ५ सय लिटर अक्सिजन उत्पादन गर्छ। मेसिनले उत्पादन गरेको अक्सिजन वातावरणमै मिसिन्छ। धेरै अक्सिजन उत्पादन गर्ने भनिएको पीपलको रुखले मासिक ५० लिटर अक्सिजन उत्पादन गर्ने अध्ययनले देखाएको उनको भनाइ छ।

बागमती प्रदेश सरकार र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने संस्था इसिमोडको सहयोगमा च्याउ बायो टेक्नोलोजिजले उक्त मेसिन निर्माण गरेको हो। यो मेसिन ललितपुरको पुल्चोक र जावलाखेलमा राखिएको छ।

उक्त मेसिनको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, बागमती प्रदेशका कांग्रेस सभापति, बागमती प्रदेश सभासदस्य विजया श्रेष्ठ केसीले संयुक्त रूपमा उद्घाटन गरे।

प्रकाशित: Aug 20, 2022| 11:15 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्