शुक्रबार, जेठ ४, २०८१

नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

विक्रम संवत् २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौं आयोजनाको जिम्मेवारी पायो। गण्डकीको टोलीलाई २ वर्षपछि नवौं आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो।
 |  शनिबार, भदौ ४, २०७९

रासस

रासस

शनिबार, भदौ ४, २०७९

कास्की- विक्रम संवत् २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौं आयोजनाको जिम्मेवारी पायो। गण्डकीको टोलीलाई २ वर्षपछि नवौं आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो।

triton college

गण्डकीमा विक्रम संवत् २०७७ फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक–पटक प्रभावित बन्यो। पछिल्लो पटक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ तर पनि खेल पूर्वाधारकै चिन्ता कायमै छ। 

गण्डकीमा प्रतियोगिता तय भएको ३ वर्षभन्दा बढी समय भयो तर अहिले पनि कतिपय खेलका पूर्वाधार नै छैनन्। गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहे पनि नवौंलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन।

खेल पूर्वाधारमा बर्सेनि बजेट विनियोजन गरिएपनि स्वीमिङ (पौडी पोखरी), सुटिङ, हक्की र रग्वी खेलका पूर्वाधार बन्न सकेनन्। प्रतियोगिताको मिति नजिकिदै जाँदा पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता खेल पदाधिकारी र खेलाडीमा कायम छ। 

पोखरा रंगशालाभित्र पौडी पोखरी र सुटिङको पूर्वाधार बनाउन जमिन व्यवस्था गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले बजेट व्यवस्था गरेको हो तर यी खेलका पूर्वाधार बनाउन पर्याप्त समय भएपनि काम नै शुरू हुन सकेन। 

corrent noodles
Metro Mart

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न उपसमिति गठन गरी तयारीका काम अघि बढाएको छ। खेलस्थल व्यवस्थापन उपसमितिले अहिले प्रदेशका अधिकांश जिल्लामा पुगेर खेल पूर्वाधार अवलोकन गरेको छ। यहाँ अधिकांश खेलका पूर्धाधार तयारी अवस्थामै छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका सदस्य राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरू रहेको बताए। समिति पौडीका लागि पोखरामा रहेका निजी विद्यालय र होटलका पौडी पोखरीलाई प्रतियोगिताका लागि प्रयोगमा ल्याउने योजनामा छ।

आठौं राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो। पोखरामा पूर्वाधार नभएका खेल काठमाडौंमा खेलाउने योजना रहे पनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन्।

‘राष्ट्रिय खेलकुदका लागि मुख्य गरी पौडी र सुटिङको पूर्वाधार हामीसँग छैन। पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता रहेपनि यसलाई हामी व्यवस्थापन गर्छाैं,’ खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले भने, ‘राखेपका सदस्य सचिव र पौडी संघको अध्यक्ष सहितको प्राविधिक टोली पोखरा आउँदै हुनुहुन्छ, उहाँहरूसँग छलफल गरेर हामी विकल्प तयार गर्छौं।’

पोखरा रंगशालामा नभएका खेलका पूर्वाधार निर्माण गर्न पर्याप्त समय छ तर आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम शुरू नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।

पोखरा रंगशालाभित्र पौडी र सुटिङका लागि यसअघिका २ आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिए पनि पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान लगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो। पौडी  पोखरीलाई ३५ करोड रुपैयाँ हाराहारीमा लागत स्टीमेट तयार गरिएकोमा सरकारले अघिल्लो वर्ष ५ करोड छुट्टाएको थियो।

योगीले भने, ‘विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा टेन्डर आह्वान लगायतका काम अघि बढाउन सकिएन।’

पोखरा रंगशालाभित्र सबै खेलको पूर्वाधार अटाउन सक्ने अवस्था नभएकाले रंगशाला बाहिर व्यवस्थापन गरेर सुटिङ बाहेकका नवौंका सबै खेल पोखरा र गण्डकी प्रदेशमै गर्ने योजना रहेको समितिले जनाएको छ। सुटिङलाई भने गण्डकीमा सम्भव नदेखिएको र काठमाडौंमै गर्नुपर्ने बाध्ता रहेको बताइन्छ। रग्वी र हक्कीलाई प्रशिक्षणस्थल तय भएकाले समस्या नहुने समितिले जनाएको छ। 

नवौंलाई गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले भदौ १५ गतेभित्रमा प्रतियोगिताको खेलस्थल तय गर्ने योजनामा छ। खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय गरिने गुरुङले बताए।

उनले भने, ‘प्रदेशका अधिकांश जिल्लाहरूमा रहेका खेल पूर्वाधारहरुको निरीक्षण गरेका छौं। खेल सञ्चालन गर्न आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुंगो लगाउने तयारीमा छौं।’

नवौं राष्ट्रिय खेलकुदका ३६ र २ प्रदर्शनी खेलमध्येमा अधिकांश प्रदेशको राजधानी र पूर्वाधार भएका हिसाबले पोखरामा नै हुनेछन्। राष्ट्रिय खेलकुदको अपनत्व सबैलाई दिलाउन प्रदेशका ११ वटै जिल्लामा कम्तीमा १/१ खेल खेलाउने योजना आयोजकको छ।

राष्ट्रिय खेलकुदमा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ।  

प्रतियोगितामा ४०७ स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ। कुनै टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा टोलीमा ७०८ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कूल ७ हजार ७८८ खेलाडी मात्र सहभागी हुने सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए। खेलाडी बाहेक प्रशिक्षक, टोलीका व्यवस्थापक, रेफ्री गरी ९ हजार हाराहारीमा खेलकुदकर्मीको सहभागिता प्रतियोगितामा हुने बताइन्छ।

प्रकाशित: Aug 20, 2022| 09:48 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।