मंगलबार, जेठ २६, २०८३

८४ दलको कागजात खोतल्दै आयोग

आउँदो मंसिरको निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको निवेदनमाथि छानबिन गर्दै आयोग।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ। आउँदो निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन्।

National life

८४ दलले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँचबुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। जाँचबुझका क्रममा दलहरूले बुझाउनुपर्ने कागजात नपुगे वा अस्पष्ट भए पुनः कागजात मागिने उनको भनाइ छ।

आयोगले आगामी ८ भदौमा दर्ता भएका दलको अन्तिम विवरण प्रकाशन गर्ने तयारी गरेको छ। विवरण प्रकाशन गरेपछि उनीहरूले संघ, प्रदेश, प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुन  निवेदन दिनुपर्नेछ। आयोगले २२ देखि २९ साउनसम्म दल दर्ताका लागि समय दिएको थियो। 

राजनीतिक दलहरूले २–३ असोजमा समानुपातिक तर्फको निर्वाचनका लागि बन्दसूची बुझाउने कार्यसूची छ। यस्तै, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री खरिद प्रक्रिया सुरु गरिएको आयोगले बताएको छ। आयोगले आगामी २० भदौदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्ने भएको छ। २–३ असोजमा समानुपातिक तर्फको बन्दसूची पेस गर्ने कार्यसूची तय गरेको छ।

यस्तै, प्रत्यक्ष निर्वाचनतर्फ २५ भदौमा निर्वाचन कार्यक्रम सञ्चालन, ११ असोजमा निर्वाचन अधिकृत नियुक्ति, २१ असोजमा निर्वाचन कार्यालय स्थापना, २३–२६ असोजसम्म उम्मेदवारी दर्ता, २८ असोजदेखि २७ कात्तिकसम्म प्रत्यक्ष निर्वाचनका लागि मतपत्र प्रकाशन, २७ कात्तिकदेखि मतपत्र ढुवानी र १ मंसिरदेखि चुनाव प्रचार प्रसार बन्द गर्ने कार्यसूची बनाएर काम गरिरहेको आयोगले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 19, 2022| 17:07 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...