आइतबार, वैशाख २८, २०८२

भक्तपुरमा यस वर्षको गाईजात्रा समापन

शुक्रबार टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिपूर्वक गाईजात्रा सम्पन्न भएको हो।
 |  शुक्रबार, भदौ ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

vianetvianet

काठमाडौं– गत २७ साउनदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व शुक्रबारदेखि समापन गरिएको छ। जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको गाईजात्रा पर्व शुक्रबार पुनः तलेजुको पूजा गरेपछि सम्पन्न भएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए।

triton college

जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवंगत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने गरिए पनि अन्य दिनमा घिनताङ घिसीनाच र व्यंग्य प्रस्तुत गरेर गाईजात्रा मनाइएको थियो।

जात्रा समापनका क्रममा शुक्रबार घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जंगली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो। भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौं महिलाले टोलटोल घुमेर बत्तीसमेत जगाएका थिए।

श्रीकृष्णष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायणका लागि शुक्रबार भक्तपुरका बालबालिका एवं युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेका थिए। 

शुक्रबार टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिपूर्वक गाईजात्रा सम्पन्न भएको मानिने मूल नाइके जोशीले बताए।

National life insurance

प्रकाशित: Aug 19, 2022| 16:53 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।