मंगलबार, जेठ २६, २०८३

चलाइँदै श्रमिकसँग श्रममन्त्री

मन्त्रालय र मातहतका निकायबाट दिने सेवा–सुविधा, उजुरी, गुनासोलगायत विषयमा मन्त्री कुँवरले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने भएका हुन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९
National life
Shivam cement

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा–सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको हो।

उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ। श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन्। 

त्यस्तै, पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिनेछ। मन्त्री कुँवर उपत्यका बाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले बताएको छ।

प्रकाशित: Aug 19, 2022| 16:35 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्