मंगलबार, वैशाख २९, २०८३

गत वर्ष साढे २६ हजार बढीले लिए परोपकार अस्पतालबाट प्रसूति सेवा

विश्वकै नमुना प्रसूति केन्द्रको रूपमा स्थापित अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा ३३ हजार ८५५ बिरामी भर्ना भएको तथ्यांक।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालले गत वर्ष २६ हजार ६०५ जनाले प्रसूति सेवा लिएको बताएको छ। अस्पतालको ६३औं वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो।

National life

अस्पतालका निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठले अस्पतालमा शय्या अभावमा कुनै पनि बिरामीलाई फिर्ता नगरिएको बताए। त्यस्तो अवस्थामा अस्थायी शय्याको व्यवस्था गरी बिरामीको उपचार गरिएको उनले जानकारी दिए।

६३ वर्षअघि ४० शय्याबाट सुरु भएको परोपकार अस्पतालमा हाल ४९० शय्या छन्। यद्यपि अस्पतालले ४१५ शय्याको मात्र स्वीकृति लिएको छ। विश्वकै नमुना प्रसूति केन्द्रको रूपमा स्थापित अस्पतालमा आर्थिक वर्ष २०७८÷७९ मा  ३३ हजार ८५५ बिरामी भर्ना भएको तथ्यांक छ।

यीमध्ये प्रसूतितर्फ २६ हजार ६०५ जनाले सेवा लिएको डा. श्रेष्ठले बताए। यस्तै, स्त्रीरोगतर्फ ४ हजार ९३० जनाले सेवा लिएका छन् । नवजात शिशु सघनतर्फ २ हजार ३१८ र मातृ सघनतर्फ ४२८ जनाले सेवा लिएका छन्।

अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा २४ हजार ३६९ जना गर्भवती महिलाको प्रसूति डेलिभरीबाट २४ हजार ५९३ शिशुको जन्म भएको थियो। यीमध्ये ९ हजार ११८ जनाको सिजरियन सेक्सनअन्तर्गत शल्यक्रिया भएको अस्पतालले बताएको छ। स्त्रीरोग गाईनोकोलोजी शल्यक्रिया तर्फ २ हजार ७९१ जनाको शल्यक्रिया भएको निर्देशक प्रा.डा. श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Aug 19, 2022| 15:55 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्