शुक्रबार, मंसिर १९, २०८२

जसपाको उम्मेदवार हुन तोकियो मापदण्ड

शुक्रबार बसेको जसपाको राजनीतिक समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारको मापदण्ड र योग्यताबारे प्रस्ताव गरेका हुन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टीले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिने उम्मेदवारले २  मापदण्ड र ७ योग्यता पास गर्नुपर्ने प्रस्ताव गरेको छ। शुक्रबार बसेको जसपाको राजनीतिक समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारको मापदण्ड र योग्यताबारे प्रस्ताव गरेका हुन्।

National life

उम्मेदवार बन्न पार्टी र समाजमा लोकप्रिय, सक्रियता, सक्षमता, दक्षता र निरन्तरतालगायत मापदण्ड तोकिएको छ। यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अध्ययन र विश्लेषणबाट उम्मेदवारको निक्र्योल गरिनेछ। 

जसपाका अनुसार उम्मेदवार हुन पार्टीको विचार, नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसात गर्नुपर्ने, पार्टीको समितिमा संगठित र सक्रिय रहनुपर्ने, पार्टी र सामाजिक जनकार्यमा समर्पित भएको हुनुपर्ने, स्वच्छ सामाजिक छवि तथा नैतिकवान भएको हुनुपर्नेछ। यस्तै, निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको हुनुपर्ने, सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको हुनुपर्ने, सुशासन प्रत्याभूत गर्न सक्ने हुनुपर्नेछ।

अध्यक्ष यादवले उम्मेदवार छनोटको प्रक्रियासमेत प्रस्ताव गरेका छन्। उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मेदवारका नामावली आ–आफ्नो जिल्ला समन्वय समितिलाई आउँदो ११ भदौभित्र सिफारिस गर्नुपर्नेछ।  

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भई आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले ५ जनासम्म उम्मेदवारको नामावली माथिल्लो (प्रदेश) समितिलाई १६ भदौभित्र सिफारिस गर्नुपर्नेछ। प्रदेश समितिले जिल्ला समन्वय समितिबाट सिफारिस भई आएको नामावलीमाथि छलफल गरी ३ जना प्रस्तावित उम्मेदवारको नाम संसदीय बोर्डमा २० भदौभित्र सिफारिस गरी पठाउनुपर्नेछ।

Laxmi sunrise bank
kumari

संसदीय बोर्डले प्रस्तावित उम्मेदवारको सम्बन्धमा आवश्यक छानबिन गरी निर्णयका लागि २५ भदौभित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउनेछ। उम्मेदवारको नामावली सिफारिस गर्दा महिला उम्मेदवारलाई समावेश हुने गरी समावेशितालाई समेत ध्यान पुरयाउनुपर्ने अध्यक्ष यादवले प्रस्ताव गरेका छन्।

प्रकाशित: Aug 19, 2022| 14:36 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...