शनिबार, जेठ २, २०८३

२०८० को पात्रो प्रकाशन गर्न समितिमा परे १७ निवेदन

पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने समितिको तयारी छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– २०८० को पात्रो (पञ्चांग) प्रकाशनका लागि १७ वटा निवेदन परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। २०८० को पञ्चांग प्रकाशन गर्न निवेदन दिन ४ साउनको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले एकमहिने समय दिएको थियो। 

National life

समितिको सूचनाअनुसार पुराना १४ पञ्चांग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चांग छन्। यी तीनवटै पञ्चांग यो वर्ष पनि समितिसँग स्वीकृति नलिई प्रकाशनमा छन्।

मुक्तिनाथ र नेपाल पञ्चांग विश्व पञ्चांग निर्णायक समितिका नाममा स्वीकृतिका लागि आएको कार्यकारी निर्देशक ढुंगेलले जानकारी दिए। विगतमा एक पटक समितिसँग स्वीकृति लिएर निस्किएको ज्वाला पञ्चांग केही समय भने स्वीकृति नलिई प्रकाशनमा आएको थियो । ज्वालाले यस पटक फेरि स्वीकृतिका लागि निवेदन दिएको समितिले बताएको छ। 

केही महिना प्राप्त निवेदनबारे छलफल, चाडपर्वको निर्णय, ग्रहगणितको रुजु गरी प्रकाशनको स्वीकृति दिइनेछ। पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने समितिको तयारी छ। समितिको संगठन तालिका निर्माण पनि अन्तिम चरणमा पुगेको छ। केही सातामै यसले पूर्णता पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्रालयले वचन दिएका छन्।

समितिले कर्मचारी सेवा, सर्त र आर्थिक नियमावली पनि मस्यौदा गरी स्वीकृतिका लागि संस्कृति मन्त्रालयमा पठाउने तयारी गरेको छ।–रासस

प्रकाशित: Aug 19, 2022| 14:01 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।