आइतबार, साउन २४, २०८३

माओवादी केन्द्रलाई पदाधिकारी चयनमा सकस

पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन नसकेको हो।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन शुक्रबार बोलाएको बैठक असफल भएको छ। पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन नसकेको हो। 

पार्टी प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्ष निस्कन नसकेको बताए। शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यसलाई टुंग्याइने उनको दाबी छ। 

शुक्रबारको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने बताएका थिए। स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा नेताहरु एकमत रहेको दाबी गरे। 


प्रकाशित: Aug 19, 2022| 13:35 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...