आइतबार, साउन २४, २०८३

आउँदो चुनावमा खटाइँदै कर्मचारी र शिक्षक

आयोगले आउँदो ४ मंसिरमा हुने चुनावमा कर्मचारी र शिक्षक खटाउने निर्णय गरेको हो।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी र शिक्षकलाई खटाइने निर्णय गरेको छ। यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए।

आयोगले बिहीबार आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ।

रिक्त दरबन्दीमा २० भदौभित्र कर्मचारी पठाइसक्न पनि आयोगले निर्देशन दिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको निर्देशनपत्रमा २० भदौसम्म रिक्त दरबन्दीमा अनिवार्य कर्मचारी पदस्थापना गर्न भनिएको छ।

निर्वाचन प्रयोजनका लागि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय तहको स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्य खटाउनुपर्ने भएकाले त्यसअनुसार रिक्त दरबन्दीमा कर्मचारी÷शिक्षक पठाउन आयोगले निर्देशन दिएको हो।

यस्तै, अन्यत्र काजमा खटाइएका कर्मचारी भए उनीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता गर्न आयोगले भनेको छ। २० भदौपछि चुनाव सम्पन्न नहुँदासम्म कर्मचारी सरुवा नगर्न पनि आयोगले आग्रह गरेको छ।

प्रकाशित: Aug 19, 2022| 12:30 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...