सोमबार, मंसिर १८, २०८०

त्रिविमा फेरि लगाइयो ताला

परीक्षामा लापर्वाही गर्नेलाई कारबाही माग गर्दै नेविसंघका विद्यार्थीले पुनः लगाए त्रिभुवन विश्वविद्यालयमा ताला।
 |  शुक्रबार, भदौ ३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– शैक्षिक उन्नयनमा मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय राजनीतिक किचलो र लगातारको तालाबन्दीले थलिने क्रम अझै रोकिएको छैन। 

sagarmatha cement

परीक्षामा लापर्वाही गर्नेलाई कारबाही माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन्। विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ। 

पछिल्लो समय नेपाल विद्यार्थी संघको अगुवाइमा त्रिविका रजिस्ट्रार, मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन संकायका डीन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा तालाबन्दी गरिएको हो।

गत २७ असारमा लगाइएका ताला खुलाउने विषयमा त्रिवि नेतृत्व र विद्यार्थीबीच संवाद भएको छैन। तालाबन्दीका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिनेलगायतका काम प्रभावित भएका छन्। 

यसअघि त्रिविका उपकुलपति, रजिस्ट्रार तथा शिक्षाध्यक्षको कार्यकक्षमा नेविसंघ र शिक्षकले १४० दिनसम्म तालाबन्दी गरेका थिए। उक्त तालाबन्दीमध्ये नेविसंघले गत २७ जेठ र आंशिक शिक्षकले २९ जेठमा ताला खुलाएका थिए। 

तालाबन्दीका कारण कार्यालय छिर्न नपाएपछि रजिस्ट्रार प्राध्यापक डा. पेशल दाहाल कहिले शिक्षाध्यक्षको कार्यालय र कहिले कार्यकारी परिषद्को कार्यालय गएर दैनिक सामान्य काम गर्दै आएका छन्।

ताला लागेका अन्य कार्यालयका प्रमुखले पनि दैनिक कार्य सञ्चालन गर्न पाएका छैनन्। 

व्यवस्थापन संकायका डीन प्राध्यापक डा. कुसुम शाक्यले तालाबन्दीका कारण दैनिक प्रशासन सञ्चालन भए पनि खुलाउने विषयमा आन्दोलनकारीसँग छलफल नभएको बताए। उनले भने, ‘यो समस्या त्रिवि नेतृत्वबाटै समाधान हुनुपर्छ। ताला खुलाउने वा परीक्षामा अमर्यादित काम गर्नेलाई कारबाही गर्ने विषयमा मेरो कसैसँग पनि छलफल भएको छैन।’

मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन संकायको डिन कार्यालयले सञ्चालन गरेको स्नातक तथा स्नातकोत्तर तहको परीक्षाको प्रश्नपत्र निर्माणमा लापर्वाही गर्नेलाई कारबाही हुनुपर्ने माग विद्यार्थीको छ। यस सम्बन्धमा अध्ययन गर्न गठन भएका समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरूले माग राखेका छन्। 

यसअघि प्रश्नपत्र निर्माणमा लापर्वाही गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आंगिक  क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यस्तै, त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको थियो। 

त्रिविले २२ असारमा सञ्चालन गरेको बीबीए छैटौं सेमेस्टरको अर्गनाइजेसन बिहेबिअर विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो। उक्त परीक्षा रद्द गरेर १ साउनमा अर्को परीक्षा सञ्चालन गरेको थियो।  

त्यस्तै, बीबीए छैटौं सेमेस्टरकै नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षाको प्रश्नपत्रको शीर्षकमा सोही विषय राखे पनि प्रश्न सोसोलोजी फर बिजनेस विषयको सोधिएको थियो। बीबीए छैटौं सेमेस्टरकै नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको प्रश्नपत्र निर्माणकर्ता शिक्षकले उक्त प्रश्नपत्र डीन कार्यालयको प्रश्नपत्र बैंकमै रहेको अवस्थामा नमुना प्रश्न भन्दै आफ्नो पाठ्यपुस्तकमा हुबहु समावेश गरेका थिए। 

व्यवस्थापन संकायको परीक्षा सञ्चालनमा देखिएको समस्या तथा कमजोरीबारे अध्ययन गरेर सुझाव पेस गर्न २९ असारमा प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो तर उक्त समितिको काम–कारबाहीबारे त्रिविले केही जानकारी दिएको छैन।

प्रकाशित: Aug 19, 2022| 12:15 शुक्रबार, भदौ ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या...
भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको...