आइतबार, साउन २४, २०८३

नागरिकता विधेयक सच्याउनुपर्छ : बाबुराम भट्टराई

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकता विधेयक पारित हुनु सकारात्मक भए पनि उक्त विधेयकमा विभेदकारी व्यवस्था रहेकाले सच्याउन आवश्यक भएको बताएका छन्।   

‘लाखौं नेपाली नागरिकताविहीन भइरहेको अवस्थामा नागरिकता विधेयक पारित हुनु सकारात्मक छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘परन्तु आमाको नाउँबाट नागरिकता लिँदा बाबुको ठेगान नलागेको स्वघोषणाजस्ता अपमानजनक/विभेदकारी प्रावधान, छोरी र छोराका दम्पतीलाई अंगीकृत नागरिकतामा विभेद, गोरखा सैनिकलाई नागरिकता आदि कमी सच्याउनैपर्छ।’

प्रकाशित: Aug 19, 2022| 08:57 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...