आइतबार, साउन २४, २०८३

आज माओवादीले स्थायी समिति बैठकबाट पदाधिकारीको टुंगो लगाउला?

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। यसअघि बिहीबार दुईपटक समय निर्धारण गरिएको बैठक अन्तिम समयमा स्थगित भएर आज बिहानका लागि बोलाइएको थियो।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। यसअघि बिहीबार दुईपटक समय निर्धारण गरिएको बैठक अन्तिम समयमा स्थगित भएर आज बिहानका लागि बोलाइएको थियो।

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

यसअघि माओवादी बैठक बिहीबार बिहान ९ बजे बस्ने गरी तय भएको थियो। बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भएसँगै अपराह्न ४ बजेलाई सारिएको थियो।

उक्त समयमा पनि नागरिकता विधेयकको पक्षमा मतदान गर्नुपर्ने भएकाले आज बिहानका लागि बैठक सारिएको थियो।

आजको बैठकमा प्रचण्डले पार्टी महासचिवसहितका पदाधिकारी घोषणा गर्ने नेताहरूले बताएका छन्।

प्रकाशित: Aug 19, 2022| 08:40 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...