काठमाडौं- आपुर्ती तथा वाणिज्य मन्त्रालयको अनुगमन टोलीले बल्खुस्थीत तरकारी बजारमा छापा मारेको छ । मनपरि मूल्य राखेर तरकारी बेचेको उपभोक्ताको गुनासो पछि वाणिज्य मन्त्रालयले तरकारी बजारमा छापा मारेको हो ।
छापा मार्न गएको सरकारी टोलीलाई गोलभेडा र बन्दाले हानेर एक व्यापारीले अवरोधको प्रयास गरेका थिए । अबरोध गर्न खोज्ने तरकारी ब्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी वृत कालीकाटीका प्रमुख डीएसपी देबेन्द्र पालले सरकारी अनुगमन टोलीलाई अबरोध गर्न खोज्ने शाहलाई नियन्त्रणमा लिएर आवाश्यक कारबाहि भैरहेको नेपाल समयलाई जानकारी गराए ।
तरकारी बजारमा सिन्डीकेट मार्फत संचालन गर्ने र कृषक तथा उपभोक्तामाथि चर्को आर्थीक शोषण भैरहेको बिषयलाई सरकारले पछिल्लो समय निगरानी बढाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४