मंगलबार, जेठ २६, २०८३

गगनले भने - फोहोरको समस्या नबल्झिने गरी हल खोजौं

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरको समस्या नबल्झिने गरी हल खोज्‍नुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्। 

National life

उनले भनेका छन्, ''काठमाडौंको फोहोर पुनः उठ्न थाल्यो,यो खुसीको खबर हो। तर,फेरि अवरोध पो हुने होकि भन्ने संशय भने मनमा छ। यस पटक समस्या नबल्झिने गरी हल खोजौं भन्ने चाहना र प्रयत्न हो।'

उनले फोहोर व्यवस्थामा स्थानिय सरकारले गरिरहेको काममा सहयोग पुर्‍याउनुपर्नेसमेत उनले बताएका छन्। भनेका छन्, 'मूलतः फोहोर व्यवस्थापनको सन्दर्भमा स्थानीय सरकारले गरिरहेको काममा सहयोग पुर्‍याउने, स्थानीय सरकार र संघीय सरकारले गर्ने भनेका काम तत्-तत् निकायले समयमा सम्पन्न गर्ने नै हो। बैठकमा मेरो अनुरोध रह्यो -समस्या बल्झेपछि अप्ठ्यारो परेको बेलामा मात्र जुट्ने नभई नियमित रूपमा बसौँ।'

कांग्रेस महामन्त्री थापाले महामारीको खतरा बढेकाले फोहोर व्यवस्थापनमा अवरोध नगर्न धादिङ र नुवाकोटबासीलाई आग्रहसमेत गरेका छन्। 

उनले थपेका छन्, 'कम्तीमा हप्तामा एक पटक सबै निकाय/अड्डालाई बोलाएर बसौँ,समीक्षा गरौँ, जहाँ जसले जे गर्नुपर्ने हो गरौँ। माननीय मन्त्रीज्यूले यसलाई पूर्ण सकारात्मक रूपमा लिएर आइतबार नै बैठक बसेर काम अगाडी बढाउने जिम्मा लिनुभएको छ।

Shivam cement

बञ्चरेडाँडामा बिहीबार एकैदिन २८५ गाडी फोहोर झारिएका छन्। यसअघि तीन राजनीतिक दलका नेताहरुले विज्ञप्ति जारी गरेपछि यसलाई राजनीतिकरण नगर्न भन्दै काठमाडौंका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गरेका थिए। 


प्रकाशित: Aug 18, 2022| 20:30 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...