मंगलबार, जेठ २६, २०८३

नागरिकता विधेयक दोस्रो पटक पारित

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ।

National life

बिहीबार भएको मत विभाजनमा यसअघि भएको व्यवस्थामा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै पारित भएको हो। 

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।

दोस्रो पटक विधेयक पारित भएपछि प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिलाई पठाइनेछ। यसरी दोस्रो पटक पनि पारित भएर पठाएको विधेयक राष्ट्रपतिले फिर्ता पठाउन सक्ने व्यवस्था छैन। 

प्रकाशित: Aug 18, 2022| 18:58 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...