काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले पार्टीलाई पुनर्गठित गर्न आवश्यक भएको बताएकी छन्। बिहीबार ट्विट गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन्।
'नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता हो,' आसन्न चुनावमा गठबन्धन आवश्यक रहेको समेत उल्लेख गरेकी उनको ट्विटमा भनिएको छ, 'आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडी बढ्ने हाम्रो संकल्प छ। गठबन्धन आजको आवश्यकता हो। संविधानलाई गतिदिन, सही मार्गमा चलाउन, आर्थिक एजेन्डालाई प्राथमिकतामा राखि आर्थिक विकास र समृद्धिको बाटोमा मूलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ।'
आफ्नो दलका विषयमा भ्रामक समाचार सार्वजनिक भएको भन्दै त्यसमा विश्वास नगर्नसमेत उनले आग्रह गरेकी छन्।
गत वर्ष भदौ २ नयाँ दल नेकपा एस दर्ताका लागि झाँक्रीसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए। नेकपा एस दर्ताका लागि निवेदन दिएको १ वर्ष पुगेको अवसरमा उनले गरेको ट्विट: