मंगलबार, जेठ २६, २०८३

प्रधानमन्त्री देउवासँग महन्थको भेट, लोसपा सरकारमा जान आतुर

प्रधानमन्त्री देउवाले गठबन्धनमा आउन ताकेता गरिरहेकाले सरकारमा लैजाने विषय चाँडो टुंग्याइदिन लोसपाको माग।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।

National life

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा उनीहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुरा भएको लोसपा नेता राजेन्द्र महतोले बताए। 

नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भए सत्ता सहकार्य गर्न तयार रहेको सुनाए। उनले भने, ‘मुख्य कुरा नागरिकता विधेयक अघि बढिसकेको छ। अर्को विषय पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई सहभागिता गराउने निर्णय गरियोस्। त्यसो भए हामी गठबन्धनमा सहकार्य गरेर जान्छौं। प्रधानमन्त्रीले गठबन्धनमा आउनुस् भन्नुभएको छ। त्यसबारे चाँडो टुंग्याइदिन भन्यौं।’

नेता महतोले सत्ता साझेदारी, चुनावी तालमेलका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको बताए। ‘प्रधानमन्त्रीसँग हाम्रा माग र मुद्दाबारे कुरा राख्यौं। विशेषगरी नागरिकताका विषयमा कुराकानी भयो। विधेयकलाई प्रक्रिया पुर्‍याएर बिहीबारै संसद्बाट टुंगो लगाइने भन्नुभएको छ’, उनले भने। प्रधानमन्त्रीसँगको छलफलमा लोसपा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायत सहभागी थिए।

प्रकाशित: Aug 18, 2022| 17:36 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...