मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकले ह्यारिसन प्यालेसको सेवामा छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकले ह्यारिसन प्यालेसको सेवामा छुट पाउने

सिद्धार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९
National life
Shivam cement

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन्। यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ।

प्रकाशित: Aug 18, 2022| 16:52 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्