मंगलबार, जेठ २६, २०८३

फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो

राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको 'फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२' मा सहभागी हुनकालागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको 'फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२' मा सहभागी हुनकालागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ। एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ।

National life

भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ। 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा कुल ११० स्टल रहने छन्। जसमा मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्याङ्गरमा ६० स्टल स्टल बन्नेछ। इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भइसकेका छन् भने ह्याङ्गरका केही स्टल मात्र बाँकी छन्। एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमा नै स्टल बुकिङ गर्न पनि प्रधानले आग्रह गरेका छन्।

एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजक फर्निचर तथा फर्निसिङ संघको छ। संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाड पर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरुका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ।

५ दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री मुख्य आकर्षणका रुपमा रहने छन्। आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ। त्यसैगरी जानसा कार्पेट, हलेसी डेकोर र भिवोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ।

Shivam cement

एक्स्पो अवलोकनका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ भने डिजी पेका प्रयोगकर्ताले १० गोल्ड क्यास रिडिम गरेर एक्स्पोको पास पाउन सक्छन्। एक्स्पो प्रवेशद्धारमा राखिएको व्यक्तिगत विबरण संकलन केन्द्रमा माग गरिएका आफ्नो वास्तविक विबरण भरेर नि:शुल्क एक्स्पो अवलोकन गर्न सकिन्छ। कार्यक्रममा सहभागी हुने प्रदर्शक तथा अतिथीहरुलाई एक्स्पोको प्रवेश पास डिजी पे मार्फत नै उपलब्ध गराइने इभेण्ट सोलुसनले जनाएको छ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन्।


प्रकाशित: Aug 18, 2022| 16:49 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्