शुक्रबार, असोज ९, २०८३

भाद्र महिनामा सनराइज बैंकको नारीलाई छुटै छुट

सनराइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ।सनराइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- सनराइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ। यस योजना अन्तर्गत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु नि:शुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ।

यो योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई नारी बचत खातामा आकर्षक ब्याजका साथै विभिन्न पाँच वटा सेवाहरु नि:शुल्क दिइने भएको छ। प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन्।

साथै, बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५५ वा ३०० सम्मको छुट समेत प्रदान गर्ने बैंकले जनाएको छ।  साथै, सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५५ सम्मको छुट दिने समेत बैंकले जनाएको छ।

नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्नेदेखि आधुनिक सेवा उपयोग गर्ने सम्मका विभिन्न सुविधाहरु नि:शुल्क दिने व्यवस्था गरेको जनाइएको छ। 


प्रकाशित: Aug 18, 2022| 16:48 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्